
रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा धनगढी क्रिकेट एकेडेमी विजयी भएको छ । एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित १५ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९६ रन बनायो । उसका लागि सागर कुँवरले ४३, नितिन छन्त्यालले २० रन बनाए ।
बलिङमा धनगढीमा रजत राना र निरज ऐरले समान २, २ विकेट लिए । जवाफी ब्याटिङ गरेको धनगढीले १४.३ ओभरमा ३ विकेट क्षतिमा ९९ रन बनायो । उसका उसको जितमा संदीप विष्टले ६४ रन बनाए ।

यस्तै, पुष्पराज उपाध्यायले १७ रन बनाए । बलिङमा स्टारका अलदीप कुँवर र राजन कुमार भुजले १, १ विकेट लिए। संदीप विष्ट म्यान अफ द म्याच भए ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40