
नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहले बिहीबार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ ।

पार्कमोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा समापन भएको हो । मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री लगायत युवाहरुको सहभागिता रहेको थियो ।
भोलि विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने प्रचण्ड-माधव समूहले जनाएको छ । काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूह हड्तालमा उत्रिएको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14