धनगढीको चौराहमा झडपको स्थितिः ‘जहाँ नेकपाका दुई समुह प्रदर्शन गरिरहेका छन्’
2021/02/04, 1:08
 
oli

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहबीच झडपको स्थिति सिर्जना भएको छ । धनगढीको चौराहमा एक समुहले बन्दको समर्थनमा र अर्को पक्षले बन्दको विरोधमा प्रदर्शन गर्न थालेपछि तनाव र झडपको अवस्था सिर्जना भएको हो । 

माधब प्रचण्ड समुहका कार्यकर्ताले बन्द सफल पार्नका लागि प्रदर्शन गरिरहेका बेला केपी ओली समुहले बन्दको विरोध गर्दै प्रदर्शन गर्न थालेपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका नेताले थुतेपछि दुबै समुह बीच तनावको अवस्था सिर्जना भएको हो । धनगढीको चौराहामा बन्द गराउँदै हिडेका प्रचण्ड–नेपाल पक्ष नेकपाका कार्यकर्ता र बन्द खुलाउँदै हिँडेका नेकपा ओली पक्षका कार्यकर्ताबीच दोहोरो झडप हुने स्थिति सृजना भएको छ ।

ओली पक्षका कुमार बडैलाको नेतृत्वको समूहले बन्द खुलाउँदै हिडिरहेको छ भने प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले बन्द गराउँदै हिडिरहेका छन् ।  उनीहरुले एक अर्काको विरुद्धमा नाराबाजी गरिरहेका छन् । 
ओली समूहका कार्यकर्ताको चावी थुतिएपछि बन्दको विरोध गर्दै चौराहामा नाराबाजी गर्दै माधव प्रचण्ड समुहको विरोध गरिरहेका छन् भने प्रचण्ड–नेपाल समूहले हडतालको अवज्ञा गरेमा कसैलाई नछोड्ने भन्दै प्रदर्शन गरिरहेको छ ।