
नेकपा प्रचण्ड- नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजे अन्त्य हुने भएको छ ।

साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक समेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो आमहडतालको कार्यक्रम साँझ ६ बजेसम्मका लागि मात्रै कार्यान्वयन हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने । संवैधानिक आयोगमा बलजफ्ति नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको रफ्तार तीव्र रुपमा अघि बढेकाले त्यसका विरुद्ध आमहडताल गरिएको त्यस समूहको प्रष्टिकरण छ ।

अध्यक्ष माधवकुमार नेपालले आमहड्तालका कारण जनतालाई कस्ट परेको भन्दै माफी समेत मागेका छन्। जनताले एक दिन सास्ती व्यहोर्नुपरेपनि ओलीको तानाशाही प्रवृत्ति अन्त्यका लागि आमहडतालको विकल्प नभएको उनको तर्क छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14