
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुदैंछ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेश सभाको बैठक आजदेखि सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले दिउँसो १ बजे हिउँदे अधिवेशनको पहिलो बैठक बोलाईएको जानकारी दिए ।
३७ सदस्य सहित प्रदेश सभामा दुई तिहाई प्रदेश सभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा विभाजित भएका छन् ।

सरकारको नेतृत्व गरिरहेको प्रचण्ड–नेपाल समूहसँग ३० जना र ओली समूहसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन । संवैधानिक बाध्यताका कारण मात्र हिउँदे अधिवेशन बोलाइएको हो ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/16, 12:15
2020/06/06, 8:55