प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतृ अञ्जना बिसंखेले बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्री रामबहादुर थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको बताएकी छन् । प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ बिसंखेले दलित हत्या, बालिका बलात्कार र महिला हत्यामा गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रशासनलाई मुकदर्शक बनाएको आरोप लगाईन् ।
‘‘निर्मला पन्त, सम्झना विक, भागरथीको हत्या र बलात्कार, ३ हजार ३४७ महिलाको हत्या र १७ जनाको बलात्कारको जिम्मेबारी बोकेका, बलात्कारमा ताबेदारी गर्ने गृहमन्त्रीलाई तपाईं (केपी ओली) ले कान्छो छोरो बनाएर राख्नु भएको छ’, उनले भनिन्, ‘बा बन्नु भएको छ, के त्यो गृहमन्त्रीलाई संरक्षण गर्ने प्रचण्ड हो?’