नेपाली कांग्रेसले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटना अध्ययनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।
सभापति शेरबहादुर देउवाले भागरथी हत्या प्रकरणको अध्ययनका लागि केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका हुन् ।
घटना बारे स्थलगत अध्ययन गरि यथार्थ प्रतिवेदन पेश गर्न सभापति देउवाले नेता लेखकलाई केन्द्रीय प्रतिनिधिका रुपमा बैतडी खटाएको केन्द्रीय कार्यालय स्रोतले पुष्टि गरेको छ ।
“घटना बारे स्थलगत अध्ययन गरि यथार्थ प्रतिवेदन पेश गर्नका लागि सभापतिज्यूको निर्देशानुसार उहाँलाई केन्द्रीय प्रतिनिधिका रुपमा बैतडी खटाइएको हो,” स्रोतले भन्यो ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भागरथीको बलात्कारपछि हत्या भएको थियो । भागरथीको हत्या भएको एक साता पुगिसक्दा पनि बैतडी प्रहरीले हत्यामा संलग्न कसैलाई पनि पक्राउ भने गर्न सकेको छैन ।