राष्ट्रिय महिला हक्की प्रतियोगितामा सुदूरपश्चिमको विजयी सुरुवात
2021/02/11, 1:42
 
tt

तेस्रो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता बुधबारदेखि महेन्द्रनगरमा सुरु भएको छ । नेपाल हक्की संघको आयोजना र जिल्ला हक्की संघ कञ्चनपुरको समन्वयमा सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाली सेनाले विजयी सुरुवात गरेका छन् । सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । सुदूरपश्मिका लागि बिन्दु रावलले ३ र लक्ष्मी बमले १ गोल गरे । फानुग २ गतेसम्म सञ्चालन प्रतियोगितामा प्रदेश १, २, गण्डकी र सुदूरपश्चिमसंँगै नेपाली सेनाको विभागीय टोली गरेर ४ टीमको सहभागीता रहेको छ । 

कभर्ड हलमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रतियोगिताको उद्घाटन गरे । उनले खेलकुदका माध्यमबाट देशको नाम उच्च हुने बताए । खेलाडीका माध्यमबाटै देशको नाम चल्ने भएकाले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक नीति बनाएर अघि बढने बताए ।