प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । शनिबार बुटवलमा नेकपा ओली समूहले गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताएका हुन् ।
उनले ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि नछोडिने बताएका छन् ।प्रधानमन्त्रीले भागरथी हत्यामा संलग्न अपराधी केही समयभित्रै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
गत बुधबार विद्यालयबाट फर्किने क्रममा वेपत्ता भएकी भागरथी बिहीबार हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्।
कक्षा १२ मा अध्ययनरत भागरथीको हत्यापछि न्यायका लागि बैतडीसहित सुदूरपश्चिमका ९ वटै जिल्ला र संघीय राजधानी काठमाडौँ लगायतका ठाउँमा दैनिकजसो प्रर्दशन भइरहेका छन्।