चण्डिका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा डिस होम जोडियो
2021/02/14, 6:35
 
lpl

फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को सह प्रायोजकको रुपमा डिस होम जोडिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय  क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रुपमा डिस होम मिडिया नेटवर्क जोडिएको हो । 

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा डिस होमका तर्फबाट सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीका बीचमा हस्ताक्षर भएको छ । डिस होम नेपालको एक मात्र डिटिएच सेवा प्रदायक हो । यसलाई डिस मिडिया नेटवर्क प्रा.लि.द्वारा नियन्त्रित गरिएको छ ।

1

यो नेपालको टिभी सेवा प्रदायक मध्येको सबैभन्दा बढी प्रयोगकर्ता भएको प्रदायक हो । यसको स्थापना सन् २०१० मा भएको हो जब दुई मुख्य डिटिएच प्रदायकहरू, होम टिभी र डिस नेपाल संयुक्त भएका थिए । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ ।

सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै मुख्य बजार क्षेत्रमा पनि डिस होमको लोकप्रियता बढ्दै गएको छ । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ । काठमाण्डौं उपत्यकामा ईन्टरनेट सेवा थालेको फाईबर नेटले सुदूरपश्चिममा पनि केही महिनापछि ईन्टरनेट सेवा दिने तयारी रहेको सेल्स अफिसर लक्ष्मीराज जोशीले बताए । 

लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । प्रतियोगितामा सह प्रायोजकको रुपमा डिस होमसँगै गुरु जी सटिङ्ग एण्ड सुटिङ्ग, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तिनकुने काठमाडौं, मृग गार्मेन्ट उद्योग चटकपुर  धनगढी, जोशी अप्टीकल एण्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरीका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, दहाल पुस्तक पसल धनगढी, नेप्स कफी एण्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर रहेका छन् ।

प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रुपका ईमेज होटेल प्रालिले साथ दिएको छ ।  प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढी स्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि  आयोजना हुनेछ ।