अछाममा फलेको अर्गानिक कोदो धनगढी पुग्यो
2021/02/15, 1:17
 
corona

अछाम जिल्लाको चौरपाटी गाउँपालिमा फलेको अर्गानिक कोदो कैलालीका बजारहरुमा पुगेको छ । स्थानीय उत्पादनको प्रर्बद्धन गर्ने उद्धेश्य सहित गाउँपालिकाले कोदो कैलाली ल्याएको हो । यहाँ ल्याईएको कोदो अत्तरिया र धनगढी बजारबाट विक्रि गरिने गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए ।

गाउँपालिकामा फलेको अर्गानिक कोदो किनेर सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष साउँदले आग्रह गरेका छन । चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न गाउँपालिकाले ‘फलेको कोदो, कुटेको धान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका किसानले फलेर (केलाएर) ल्याएको कोदो बराबर चामल साटेका थिए ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने हुदाँ कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिदै आएको छ ।