चण्डिका ग्रुप एलपीएल–५ को सह–प्रायोजकमा उच्चाकोटी निर्माण सेवा 
2021/02/15, 8:18
 
lpl

फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुपलिटल फ्लावर प्रिमियर लिग–५ को सह प्रायोजकको रूपमा उच्चाकोटी निर्माण सेवा जोडिएको छ ।

धनगढी स्थित सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालनहुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय  क्रिकेट प्रतियोगिताको सह–प्रायोजकको रूपमा उच्चाकोटी निर्माण सेवा जोडिएको हो । 

प्रतियोगिताको प्रायोजन सम्बन्धी सम्झौता पत्रमा उच्चाकोटी निर्माण सेवाका तर्फबाट निर्देशक भूपेन्द्रकान्त पन्त र आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीका बिचमा हस्ताक्षर भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर तीन स्थित चौराहाको धनगढी–अत्तरिया रोडमा अवस्थित उच्चाकोटी निर्माण सेवाले विगत डेढ दशकदेखि धनगढीसहित देशभर सेवा प्रदान गर्दै आएको छ । 

निर्माण सेवाका क्षेत्रमा भौतिक संरचनाहरू तथा सडक लगायत सम्पूर्ण निर्माणका कामहरूमा विगत डेढ दशकदेखि आफूहरूले सेवा प्रदान गर्दै आएको निर्देशक पन्तले बताए । 

लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ ।

प्रतियोगितामा सह प्रायोजकको रूपमा उच्चाकोटी निर्माण सेवासँगै डिस होम, गुरु जी सटिङ्ग एन्ड सुटिङ्ग, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौं, मृग गार्मेन्ट उद्योग चटकपुर  धनगढी, जोशी अप्टिकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तकपसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सनवमेन्स वयर रहेका छन् ।

प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रुपमा इमेज होटेल प्रालिले साथदिएको छ ।  प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढी स्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि आयोजना हुनेछ ।