चण्डीका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा जोडियो सारथी अस्पताल
2021/02/20, 6:03
 
oli

फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को सह प्रायोजकको रुपमा धनगढीको सारथी अस्पताल जोडिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रुपमा सारथी अस्पताल जोडिएको हो ।

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीका बीचमा हस्ताक्षर भएको छ । धनगढीको मुख्य बजार स्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालभित्र पुरै एसी जडान गरिएका कारण विरामीहरुलाई सहज बनाएको छ । अस्पतालमा २७ वटा एसी जडान गरिएका छन् । विरामीका कुरुवाका लागि पनि एसीयुक्त भवनभित्र सुत्ने व्यवस्था गरिएको छ । 

अस्पतालका अनुसार अस्पतालका सवै वार्डहरुमा एसी लगाईएको छ । यो सुविधा २४ सैं घण्टा रहेको छ । यसले श्वासप्रश्वास, मुटु, कलेजो, फोक्सो लगायतका समस्या भएका विरामीलाई निकै राहत पुग्ने गरेको छ । सारथी अस्पतालले बाँझोपन र सिकलसेल हेमाटोलोजी सेवा दिईरहेको छ । अस्पतालमा मुटुको भिडियो एक्सरे सेवा पनि उपलब्ध छ ।

अस्पतालमा मुटु सम्बन्धी सेवाहरु विस्तार गर्ने तयारी थालिएको छ । अस्पतालमा आगामी दिनमा नयाँनयाँ सुविधाहरु सहित सेवा विस्तार गर्ने योजना अनुसार अगाडी बढिरहेको अस्पतालका अध्यक्ष जोशीले बताए । लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ ।

प्रतियोगितामा सह प्रायोजकको रुपमा डिस होम, गुरु जी सटिङ्ग एण्ड सुटिङ्ग, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तिनकुने काठमाडौं, मृग गार्मेन्ट उद्योग चटकपुर  धनगढी, जोशी अप्टीकल एण्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरीका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, दहाल पुस्तक पसल धनगढी, नेप्स कफी एण्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर रहेका छन् ।

प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रुपका ईमेज होटेल प्रालिले साथ दिएको छ । प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढी स्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि आयोजना हुनेछ ।