
राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीले लकडाउनका कारण समस्यामा रहेका सम्पुर्ण खेलाडी तथा खेलकर्मीलाई राहत वितरण गर्ने भएको छ ।कोरोना भाइरसका कारण लामो समय सम्म जारी लकडाउनले जिविकोपार्जनमा समस्या भएका खेलाडीहरुका लागी राहत वितरण गरिने संघका अध्यक्ष प्रकाश चन्दले जानकारी दिनुभयो ।
राहत वितरण यही जेठ २२ गते बेलुकी ५ बजे बाट वितरण गरिने जनाइएको छ । राहत धनगढी स्थित क्षेत्रिय रंगशाला बाट वितरण गरिने छ । उहाँले दैनिकी चलाउन नै मुस्कील भएका र अन्य कुनैपनि प्रकारका् कठीनाइमा रहेका सम्पुर्ण खेलाडी,खेल प्रशिक्षक तथा विभिन्न संघका खेल पदाधिकारी लगायत खेल संग सम्बन्धीत व्यक्तीहरुलाई संघका तर्फबाट राहत वितरण गरिने छ ।
संघले यस्तो समस्यामा रहेका सबै खेलकर्मी लाई सम्पर्कमा आउन समेत आवह्वान गरेको छ, जसका लागी निम्न पदाधिकारीलाई सम्पर्क गर्न संघले आग्रह गरेको छ ।प्रकाश चन्द, अध्यक्ष ९८५८४२०४८६,केशव भट्ट, उपाध्यक्ष ९८५८४२०९०१,रतन खाती, महासचिव ९८५८४२४०२३,दुर्गा शर्मा भण्डारी, कोषाध्यक्ष ९८४८६३५४३

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/07, 2:44
2020/11/20, 6:46