एसएनएस मार्ट एन्ड चौधरी बुक डिपोद्वारा चण्डीका ग्रुप एलपीएल ५ लाई पावर्ड बाई प्रायोजन
प्रतियोगिताको तयारी अन्तिम चरणमा
2021/02/23, 3:57
 
LPL 5

धनगढी – एसएनएस मार्ट एन्ड चौधरी बुक डिपोले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग ५ लाई पावर्ड बाई प्रायोजन गरेको छ । धनगढीस्थित सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय  क्रिकेट प्रतियोगिताको पावर्ड बाई प्रायोजनका रुपमा धनगढी अस्पताल लाइनमा रहेको एसएनएस मार्ट एन्ड चौधरी बुक डिपा जोडिएको हो । मङ्गलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्टस् प्रालिका अध्यक्ष रामचन्द्र शाही र एसएनएस मार्ट एन्ड चौधरी बुक डिपोका तर्फबाट सिइओ प्रेमराज पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 
झन्डै ५ दशक अर्थात् ५० वर्ष अघि देखि सुदूरपश्चिमकै प्रख्यात बुक डिपोका रुपमा रहेको चौधरी बुक डिपोले अब नुन देखि सुनसम्म एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ एसएनएस मार्ट सञ्चालनको तयारी गरेको छ । धनगढी अस्पताल लाइनमै रहेको चौधरी बुक डिपोसँगै सोही स्थानबाट अब एसएनएस मार्ट शीघ्र सञ्चालनको तयारी भइरहेको एसएनएस मार्ट एन्ड चौधरी बुक डिपोका सिइओ प्रेमराज पाठकले बताए । उनले घरायसी प्रयोजनमा आवश्यक पर्ने सामान, स्टेसनरी, खेलकुद, लुगा कपडासहित नुनदेखि सुनसम्मका सबै सामग्रीसहितको सेवाका साथ एसएनएस मार्ट शीघ्र सञ्चालनको तयारी भइरहेको बताए । 
फागुन १५ गते देखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । प्रतियोगितामा सह प्रायोजकको रूपमा सानभी बक्स एन्ड स्टेसनरी, शारदा राइस मिल, वल्डलिङ्क, नेपाल टेलिकम, डिस होम, गुरु जी सटिङ्ग एन्ड सुटिङ, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौँ, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, जोशी अप्टीकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तक पसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दीपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर र सारथि अस्पताल रहेका छन् । 
प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रुपमा इमेज होटेल प्रालिले साथ दिएको छ । त्यस्तै प्रतियोगिताको केक एन्ड बेकरी पार्टनरमा आँगन केक एन्ड बेकरी, हस्पिटल पार्टनरका रूपमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर रहेका छ । चण्डीका ग्रुप एलपीएल ५ को संरक्षक धनगढी उपमहानगरपालिकाका रहेको छ ।
प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढी स्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि आयोजना हुनेछ । 

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्टस् प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।