धनगढीमा आयोजित मैत्रिपूर्ण क्रिकेट खेलमा पत्रकार–११ विजयी 
2021/02/26, 4:42
 
ggsa

धनगढीमा शनिवारदेखि सञ्चालन हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को पूर्वसन्ध्यामा आयोजना भएको मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकार ११ विजयी भएको छ । पत्रकार ११ ले फाप्ला भेट्रानलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको भेट्रानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा एक सय तीन रन बनायो ।

उस्का लागि धर्म खड्काले ४४ रन बनाए । बलिङमा पत्रकार ११ का ज्ञानेन्द्र क्षेत्रीले ३, बाबुराजा श्रेष्ठले दुई र देवेन्द्र पाण्डेयले १ विकेट लिए । एक सय चार रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको पत्रकार ११ ले १६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

सुरुवाती ब्याट्सम्यानलाई पहिलो ओभरमै गुमाएको पत्रकार ११ का लागि मुकेश खड्काले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित रहँदै ७१ रन बनाए । भेट्रानका लागि सुवाश शाहीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच मुकेश खड्का भए ।

v

v