मैत्रिपुर्ण फुटसलमा पत्रकार बिजयी
2021/02/27, 4:36
 
nsjg

धनगढीमा आयोजित फुटसल प्रतियोगितामा पत्रकारको टिम बिजयी भएको छ । धनगढी जेसीसले आयोजना गरेको मैत्रिपुर्ण खेलमा खेलकुद पत्रकार मंच कैलालीको टिम बिजयी भएको हो ।

धनगढी जेशिसलाई १ गोलको अन्तरले खेलकुद पत्रकार मंचले पराजित गरेको हो ।


धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको मैत्रिपुर्ण प्रतियोगिताको सभापति धनगढी जेशिसका कार्यकारीणी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मोहनराज ओझाले गरेका थिए । प्रतियोगिताको उद्घाटन धनगढी उप महानगरपालिकाका मेयर नृपबहादूर वडले गरेका थिए । बिजयी टिमलाई धनगढी जेशिसका कार्यकारीणी उपाध्यक्ष मोहन राज ओझाले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रमको संयोजन धनगढी जेशिस बर्ष २०२१ का खेलकुद संयोजक दीपेन्द्र बिष्टले गरेका थिए । कार्यक्रमका सभापति तथा कार्यकारिणी उपाध्यक्ष मोहनराज ओझाले स्वास्थ्यका लागी खेलकुद खेल्नुपर्छ भन्ने उद्देश्यका साथ मैत्रिपुर्ण फुटसल प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

3