‘जीवन नै संघर्ष हो नि १ संघर्ष कहाँ छैन र रु बाँच्नको लागि त सघर्ष जहिल्यै गरिरहनुपर्छ । पाकेको खाना खान पनि हातमुख चलाउनुपर्छ,’ सुदूरपश्चिमकै पहिलो महिला सहायक प्रमुख जिल्ला अधिकारी ९सहायक सीडीओ० बन्न सफल भएकी किरण जोशीले भनिन्, ‘कुनै पनि काम गर्दा संघर्षदेखि डराउनु हुँदैन । जति संघर्ष गर्यो, त्यति सफलता पाइन्छ । एकचोटि असफलता भयो भन्दैमा हामीले हरेस खायौं भने कहिल्यै अगाडि बढ्न सक्दैनौं ।’
सुदूरपश्चिममा जन्मिएर खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा पास हुने पहिलो महिला हुन् किरण । गृह मन्त्रालयले डोटी जिल्लाको सहायक सीडीओका रूपमा पदस्थापन गरेपछि सोमवारबाट डोटी जिल्ला प्रशासन कार्यालयमा उनी हाजिर भएकी छन् । पुर्ख्यौली घर बैतडी भएकी किरण कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा जन्मेकी हुन् । स्थानीय स्कूलबाटै प्रारम्भिक शिक्षा लिँदा उनी स्कूलमा प्रायः प्रथम, द्वितीय र तृतीय भइरहन्थिन् । कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातक ९बीकम० गरेपछि उनलाई शिक्षिका बन्ने रहर जाग्यो । उनले प्राथमिक तहमा नाम पनि निकालिन् ।
२०५२ सालबाट अध्यापन पेशामा संलग्न उनको २०५४ सालमा कैलालीको गोदावरी नगरपालिका–६ का सिद्धराज जोशीसँग बिहे भयो । पारिवारिक जिम्मेवारीमा बाँधिएपछि किरणलाई शिक्षिकाको जिम्मेवारी बहन गर्न समस्या हुन थाल्यो । काखमा सन्तान र घरको जिम्मेवारी पनि बढेपछि उनले विद्यालयको जागिर छोडिन् । किरणका १ छोरा र १ छोरी छन् । भएको जागिर छोडेपछि गृहिणी जस्तै भएकी किरण पतिको प्रेरणाले निजामती सेवामा प्रवेश गरिन् ।
पतिपत्नी नै उपसचिव
पहिलो पटक निजामती सेवा प्रवेशका लागि उनले खरिदारको परीक्षा दिइन् तर सफलता मिल्न सकेन । ‘पहिलो गाँसकै ढुंगा लाग्यो,’ उनले भनिन्, ‘तर मैले हरेस खाइनँ, श्रीमानको प्रेरणाले फेरि प्रयास गरें र सफल भएँ । परिवारको साथले २०६१ सालमा खरिदार पदमा नियुक्ति हुने अवसर पाएँ ।’
खरिदार भएको १ वर्ष नहुँदा उनले नायव सुब्बामा नाम निकालिन् । ‘२०६७ सालमा सेक्सन अफिसर ९शाखा अधिकृत० पास गरेकी थिएँ । त्यतिखेर पनि धेरै ठाउँमा नाम निकालें । खुला प्रतिस्पर्धाबाट नै म २०७७ माघ १४ गते उपसचिव पदमा नियुक्त भएँ ।’
किरणका पति पनि निजामती सेवा अन्तर्गत उपसचिव पदमा कार्यरत छन् । ‘मेरो श्रीमानको हौसला र प्रेरणाले म यहाँसम्म पुगेकी हुँ,’ उनले भनिन्, ‘उहाँले सधैं सकारात्मक सोच राख्नुहुन्छ । घरपरिवारको साथ नभएको भए म पनि अहिले गृहिणी महिलाको भूमिकामा हुन्थें । परिवारको सहयोगले नै अहिले म यो स्थानमा छु ।’
यसकारण सुदूरपश्चिम नै रोजे.....
शाखा अधिकृतसम्म सुदूरपश्चिम प्रदेशका २–३ महिलाले नाम निकालिसकेपनि प्रशासन उपसचिवमा कोही नहुँदा दुःख लाग्ने गरेको उनले बताइन् । ‘प्राविधिकतर्फ माथिल्लो तहमा पनि यहाँका महिलाहरू हुनुहुन्छ तर प्रशासनतर्फ यहाँको दिदीबहिनीहरू नहुँदा साह्रै नराम्रो लाग्यो । सुदूरपश्चिमी चेलीहरू पनि यहाँ पुग्नुपर्छ भन्ने सोचेर मैले तयारी गर्दै गएँ र सफल भएँ,’ उनले भनिन्, ‘आफ्नै प्रदेशमा सेवा गर्न पाऊँ भनेर मैले आफैंले डोटी रोजेकी हुँ । मलाई अवसर त काठमाडौंमै बस्ने पनि थियो । तर यहाँको महिलाहरूलाई हौसला र प्रेरणा दिन म यहाँ आएँ ।’
किरणले पतिसँग मिलेर लोक सेवा तयारी किताबहरू पनि सार्वजनिक गरेकी छन् । ‘सुदूरपश्चिमबाट निजामती सेवामा महिला संख्या निकै न्यून छ,’ जोशीले भनिन्, ‘लोक सेवाको तयारीका लागि सहयोग होस् भनेर हामीले पनि खरिदारदेखि उपसचिव, सहसचिवसम्मको गाइडको रूपमा पुस्तक पनि निकालेका छौं, त्यसले पनि सहयोग हुनेछ ।’
‘पढाइ नछोडौं, निरन्तर संघर्ष गरौं ’
महिला र पुरुष बीचको विभेदका कारण नै सुदूरपश्चिमका महिलाहरू पछाडि परेको जोशीको बुझाइ छ । ‘मेरो घरमा छोराछोरी बीचको विभेद नभएका कारण नै मैले सफलता पाएकी हुँ,’ उनले भनिन्, ‘पहिलो कुरा पढाइ हो, त्यसपछि संघर्ष हो । हामी छोरी मान्छेका घर २ वटा हुन्छन् । त्यहाँको अवस्था सकारात्मक छ भने हामी महिलाले गर्न नसक्ने केही छैन ।’
राज्यले समावेशीकरणमार्फत महिलाको कोटा र पिछडिएको क्षेत्र छुट्याएकाले त्यहाँबाट अवसर खोज्नुपर्ने उनले बताइन् । ‘यसका लागि हामीले पढ्नैपर्छ,’ उनले भनिन् ।
सुदूरपश्चिमका महिलाले निजामती सेवामा आउनुपर्ने जोशीले बताइन् । ‘म त धेरै ढिला भएर पनि सुदूरपश्चिमको खुला तर्फको पहिलो उपसचिव महिला बनें । तर तपाईंहरू छिटो आउनुहोस्,’ उनले भनिन्, ‘मभन्दा १० वर्ष कान्छाहरू छन् मसँगै निजामतीमा आएकाहरू, मैले कति धेरै संघर्ष गर्नुपर्यो तर पनि ढिला भएँ, तपाईंहरू चाँडै आउनुहोस् ।’