भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली इन्स्ट्राग्राममा एक सय मिलियन फलोअर्स हुने पहिलो क्रिकेट खेलाडी बनेका छन् ।
उनी इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीमा चौथो स्थानमा छन् । फुटबललर क्रिस्टियानो रोनाल्डो, लिओनल मेस्सी र नेयमार पछि विराटको फलोअर्स धेरै छ ।
यी तीन फुटबलरसंगै हलिउड एक्टर ड्वाने ‘दी रक’ जोनसन, अमेरिका सिंगर वियोन्स र एरिना ग्रान्डीसंगै विराट कोहली पनि १०० मिलियन क्लबमा पर्न सफल भएका हुन् ।
इनस्टाग्राम पोष्टमार्फट सर्वाधिक कमाई गर्ने १० जनाको सूचीमा कोहली एक मात्र क्रिकेटर हुन् । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स क्रिस्टियानो रोनाल्डोको २६५ मिलियन रहेको छ । यस्तै लिओनल मेस्सीको १८६ मिलियन र नेयमारको १४७ मिलियन फलोअर्स छन् ।
2024/04/29, 6:18
2024/04/29, 5:51
2024/04/29, 5:49
2024/04/29, 5:48
2024/04/29, 5:47
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2023/01/26, 11:44
2020/07/25, 3:34
2020/12/17, 7:49
2021/09/01, 12:21
2023/01/27, 12:39