सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको साधारण सभा शनिवार हुने
2021/03/02, 12:58
 
ss

सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको दोस्रो वार्षिक साधारण सभा मार्च ६ तारिखको मिति तय भएको छ । बिदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेली नेपाली समाजहरुको छातासंगठनको रुपमा रहेको अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो वार्षिक साधारणसभा भर्चुअलको माध्यमबाट हुने भएको हो ।

महासचिव दिलेन्द्रप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय वार्षिक साधारणसभा व्यवस्थापन समिति समेत गठन गरिएको छ । जस्मा सदस्यहरु ईश्वर रोकाया, सुमी शाही, रामचन्द्र ओझा, टेक बहादुर बुढा, चक्र मल्ल, भुवन प्रसाद भट्ट र दिनेश खड्का’खप्तडी ’रहेका छन् ।

उक्त दोस्रो वार्षिक साधारण सभामा  वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संसोधित प्रस्तावहरु प्रस्तुत गरिने समाजका अध्यक्ष धनबहादुर बलायरले बताए । सुदूरपश्चिमेली नेपाली समाजका छाता संगठनको रुपम रहेका सम्पुर्ण राष्ट्रिय समाजका अध्यक्ष, महासचिव, कोषाध्यक्ष, अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्यहरु, सल्लाहकार लगायतको उपस्थिति हुने वार्षिक साधारण सभाका व्यवस्थापन संयोजक दिलेन्द्रप्रसाद जोशीले बताए । भर्चुअलको माध्यमबाट नेपाली समय अनुसार बेलुका ४ बजेदेखि साधारण सभा सञ्चालन हुने प्रचार प्रसार प्रमुख दिनेश खड्का’खप्तडिले जानकारी दिए । 

सुदूरपश्चिम क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, कला–संस्कृति, पर्यटनको प्रवद्र्धन, वैदेशिक लगानीको साथै प्रकोपमा परेका पीडितलाई समाजले सहयोग गर्दै आएको छ । सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा रहेको समाज गैर–नाफा मुलक र गैर–राजनीतिक रुपमा स्थापित हो । सुदूरपश्चिम प्रदेशबाट बैदेशिक रोजगारको सिलसिलामा अध्ययन तथा विभिन्न कारणले प्रवासिएका सुदूरपश्चिमेली नेपालीहरु समाजमा आबद्ध रहेका छन् ।