लिटल फ्लावरको कप्तानमा सुवाश ऐर
2021/03/03, 1:22
 
sb

धनगढी : लिटल फ्लावर स्कुलको कप्तानको जिम्मेवारी सुवाश ऐर (सुवोध) ले पाएका छन् । नियमित कप्तान विपिन रावल मेयर कपका लागि छनोट भएपछि ऐरलाई कप्तानीको जिम्मेवारी दिइएको स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले जानकारी दिए । शाहीका अनुसार धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगमा ऐरले आयोजक टिमको कप्तानी सम्हाल्नेछन् ।

प्रतियोगितामा एक खेल खेलेको लिटल फ्लावरले हार बेहोरेको थियो । ऐरले नेपालको यु–१६ टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलीसकेका छन् । मुम्बईमा धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शानदार जित हात पार्दा उनी डिसीएका कप्तान थिए । जोली ब्रदरर्स क्रिकेट क्लबलाई पराजित गर्ने क्रममा ऐरले १ सय ६ रन बनाएका थिए । 

लिटल फ्लावरको कप्तानीको जिम्मेवारी पाएपछि ऐरले बलियो प्रदर्शन गर्दै टिमलाई सेमिफाईनलमा पुगाउने लक्ष्य लिएको बताए । ‘पहिलो खेलमा हार बेहोरेपछि टिम केही दवावमा रहे पनि दोस्रो खेलमा जित हार्दै पार्दै टिमलाई लयमा फर्काउने योजना छ,’ उनले अगाडि थपे, ‘टिममा सबै खेलाडी यसअघि पनि संगै खेलेका छन् । हामीलाई रणनीति बनाउन पनि सहिजो हुनेछ ।’