विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित
2021/03/04, 11:15
 
SSCHOOL

डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ ।कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर खड्काका अनुसार ति छात्राहरु बिद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेको तर विद्यालयबाट फर्केपछि आफैं ठीक हुने गरेको  बताए । यस्तो समस्या आएपछि विद्यालयले एकजना स्वास्थ्यकर्मी नै राखेको छ ।

स्वास्थ्यकर्मीले पनि छात्राहरुमा देखिएको समस्याबारे पत्ता लगाउन सकेका छैनन् ।  ती छात्राहरुका अभिभावकहरुलाई बोलाएर उनीहरुको उपचार गराउन सल्लाह दिएको खड्काले बताए। 

उनीहरुमा माक्स कन्भजन डिस्अर्डर जस्तो समस्या देखिए दुर्गामाण्डौं स्वास्थ्य चौकी वायलका इन्चार्ज भीष्मराज पाण्डेले बताए ।  उनले यो मानसिक रोग भएकाले उनीहरुलाई सान्त्वनाको जरुरत रहेको उनको भनाई छ ।

यस्तै समस्या दार्चुला जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेश विनायक माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बेहोस हुन थालेपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको थियो ।