एलपीएल : लिटल फ्लावर सेमिफाइनलमा
2021/03/08, 1:04
 
dad

धनगढी  : लिटल फ्लावर स्कुल चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर सेमिफाइनलमा पुगेको हो ।

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।  लिटलको जितमा नरेन भट्टले ३० रन जोड्दा मनोज चनाराले १६ रन बनाए । निरज चन्द १३ रनमा अविजित रहे ।

त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो । उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए । लिटलका सचिन भट्टले ४ विकेट लिए । मनोज चुनारा र नरेन भट्टले ३/३ विकेट लिए । जितसँगै लिटल फ्लावर सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।