लिटल फ्लावर प्रिमियर लिग : स्टेपिङ स्टोनमाथि शारदाको जित
2021/03/09, 4:54
 
dad

धनगढी : कञ्चनपुरको शारदा सरस्वतीले धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग क्रिकेटमा जित निकालेको छ । मंगलबार भएको खेलमा शारदाले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो ।

स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान ४–४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो ।

शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए । त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान २÷२ विकेट लिए ।