लिटल फ्लावर प्रिमियर लिगः दुबै सेमिफाइनलका खेलहरु शुक्रबार हुदैं 
2021/03/11, 3:58
 
lpl

धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा सेमिफाइनलका खेलहरु शुक्रबार हुदैछन् । वुधबार लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन भने विहीवार कुनै खेल नराखिएको आयोजकले जनाएको छ ।  

कञ्चनपुरको दोधारा चाँदनीको शारदा सरस्वती, धनगढीको लिटल फ्लावर स्कुल, बौनियाको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए को विजेता हिमालयन ह्वाइट हाउस र समुह सी को विजेता शारदा सरस्वती शुक्रबारको पहिलो सेमिफाईनलमा प्रतिस्पर्धा गदैछन  ।

त्यस्तै दोस्रो सेमिफाईनलमा समुह बी को विजेता लिटल फ्लावर र समुह डी को बाल बाटिका स्कुल बौनिया प्रतिस्पर्धा गर्दैछन । १६ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा सहभागी स्कुललाई चार समुहमा विभाजन गरिएको थियो । समुह विजेताहरु सेमिफाईनल पुगेका हुन् । 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताको फाइनल २९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।