
नेपाल तेक्वान्दो संघ धनगढी उप–महानगरपालिका तेक्वान्दो विकास समितिको अध्यक्षमा विनय चोखाल चयन भएका छन् । धनगढीमा भएको भेलाले चोखाललाई अध्यक्षमा चयन गरेको हो ।

चोखालको अध्यक्षतामा चयन गरिएको १० सदस्यीय टोलीको बरिष्ठ उपाध्यक्षमा धनवहादुर चौधरी, उपाध्यक्षमा अस्कुर अहमद, सचिवमा योगेन्द्र खोकौला र कोषाध्यक्षमा सुजिता यादव छनोट भएका छन् ।

नगर कार्य समितिको सदस्यहरुमा प्रतिक जोशी, मणिसिंह ठकुरी, महेशराज जोशी, सुरेन्द्र राठी, अजित सैजु र मेघा थापा रहेका छन् ।
धनगढी नगरको अध्यक्ष बनेका चोखालले धनगढीलाई तेक्वान्दोको नयाँ हबको रुपमा विकास गर्दै अघि बढ्ने बताए ।
नगर समिति गठन कार्यक्रममा नेपाल तेक्वान्दो संघका प्रदेश अध्यक्ष सुवाश शाही लगायत प्रदेश र जिल्लाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04