मेयर एसपिए कप भलिबल प्रतियोगिता सुरु 
2021/03/11, 6:30
 
nirp

धनगढीमा मेयर एसपिए कप भलिबल प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजना तथा धनगढी उप–महानगरपालिकाको सहयोगमा छात्रा भलिबल प्रतियोगिता सुरु भएको हो । 

2

प्रतियोगिताको धनगढी उप–महानगरपालिका मेयर नृपवहादुर ओडले उद्घाटन गरे । सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाहीको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।  

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कैलालीका आठ वटा टीमहरुको सहभागीता रहेको छ । सहभागी टीमहरुलाई दुई समुहमा विभाजन गरिएको छ । दुबै समुहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्नेछन् । 

2

समुह ए को विजेताले समुह बी को उपविजेतासँग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ भने समुह बी को विजेताले समुह ए को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

3

प्रतियोगिता अन्तर्गत पहिलो दिन लिग चरणका पाँच वटा खेलहरु सम्पन्न भएका छन् । पहिलो दिन विहीवार भएका खेलहरुमा कैलाली वहुमुखी क्याम्पस, जनता मावि, दुर्गालक्ष्मी मावि, एसपिए र दुर्गा लक्ष्मी मावि विजयी भएका छन् । 

1

पहिलो खेलमा कैलाली वहुमुखी क्याम्पसले जनता माविलाई हरायो । खेलमा वहुमुखी क्याम्पसकी माही पाल प्लेयर अफ द म्याच भईन् । दोस्रो खेलमा जनता मावि गदरियाले एक्सिस विद्याश्रमलाई हरायो । जनताकी दीपा वोहोरा प्लेयर अफ द म्याच भईन् । 

1

तेस्रो खेलमा दुर्गालक्ष्मी माविले शान्ति माविलाई किनारा लगायो । दुर्गा लक्ष्मीकी एलिना थापा प्लेयर अफ द म्याच भईन् । चौथो खेलमा एसपिएले दिपेन्द्र चारपाते माविलाई पन्छायो । एसपिएकी गरिमा वोहोरा प्लेयर अफ द म्याच भईन् ।

2

पाँचौ खेलमा दुर्गालक्ष्मी माविले जनता मावि गदरियालाई परािजत गर्यो । दुर्गालक्ष्मीकी रुपा सावद प्लेयर अफ द म्याच भईन् । शुक्रवार पनि लिग चरणका खेलहरु हुने आयोजकले जनाएको छ । 

3