धनगढी–अत्तरिया ६ लेन सडक स्थानियद्धारा अवरुद्ध
2021/03/13, 10:49
 
1

कैलालीको गेटामा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका स्थानीयहरूले १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवकमाथि कारबाही नभएको भन्दै धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयका अनुसार गत कार्तिक ५ गते १३ बर्षिया बालिका बलात्कार भएको खबर सार्वजनिक भएको थियो । बालिकाको पेटमा ४ महिनाको गर्भ समेत रहेको थियो । घटना बाहिरिएपछि पक्राउ परेका युवक माथि आवश्यक कारबाही नभएको भन्दै स्थानीयहरूले सडक अवरुद्ध पारेका हुन् ।