टीकापुर साहित्य महोत्सव सुरु
2023/04/09, 12:08
 
ss

कैलालीको टीकापुरमा साहित्य महोत्सव शनिबारबाट सुरु भएको छ । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । पहिलो दिन शनिबार सातवटा विधामा प्रस्तुति गरिएको छ ।  पहिलो प्रस्तुतिमा साहित्यमार्फत सामाजिक सद्भाव विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको प्रवचन रहेको थियो। 

दोस्रो सेसन साहित्य किन लेख्ने  किन पढ्ने भन्ने विषयमा छलफल गरिएको थियो ।  दोस्रो सेसनमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानी सिंह थारु छलफलमा सहभागी थिए र सहजीकरण दीपक सापकोटाले गरेका थिए । । महोत्सवमा तेस्रो सेसन बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती विषयमा उमा बादी, उन्नति चौधरी र कल्पना भट्ट बीच छलफल भएको थियो । त्यसको सहजीकरण पत्रकार आरती चटौतले गरेकी थिइन् । 

त्यस्तै, पाठकको रोजइमा उपन्यास नै किन भन्ने विषयमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीबीच छलफल भएको थियो । त्यसको सहजीकरण यज्ञशले गरेका थिए । पाचौँ सेसनमा आख्यानमा पहिचानका मुद्दा केन्द्रित थियो । जसमा अर्चना थापा, फूलमान वल र राजेन्द्र विमल छलफमा सहभागी थिए, त्यसको सहजिकरण गुरुङ सुशान्तले गरेका थिए । 

छैठौ सेसन गद्य कविताको शक्तिका विषयमा केन्द्रित थियो । गद्य कविताको शक्तिबारे श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाहबीच छलफल भएको थियो । गद्य कविताको सहजिकरण नविन अभिलाषीले गरेका थिए । त्यस्तै, बाटो बिराएको आजको शिक्षाबारे सातौं सेसनमा छलफल गरिएको थियो । जसमा डाक्टर सञ्जीव उप्रेती, छलफलमा सहभागी थिए । 

३ दिनसम्म चल्ने साहित्य महोत्सवमा देशका विभिन्न ठाउँबाट पत्रकार, कलाकार, साहित्यकार, राजनीतिज्ञ गरी १५० जना टीकापुर पुगेका छन् । कार्यक्रम मदन पुरस्कार विजेता तथा समाजका अध्यक्ष महेश बिक्रम शाहको अगुवाइमा हुँदैछ ।