सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा सिंह नियुक्त
2021/03/15, 7:27
 
अ

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा दिपक बहादुर सिंह नियुक्त भएका छन ।  कैलाली जिल्ला खेलकुद बिकास समितीका पुर्व अध्यक्ष समेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा नियुक्त भएका हुन ।  शनिवार बसेको मन्त्री परिषदको बैठकले सिंह लाई नियुक्त गरेेेको हो । भोलि विहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको सामाजिक मन्त्रालयलेे जनाएको छ ।  कैलाली अध्यक्ष हुदा सिंहले देशकै उत्कृष्ट ३ मध्य कैलाली जिल्ला खेलकुद बिकास समिति लाई पार्न सफल भएका थिए । सिंहको कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदमा तेस्रो भएको थियो । उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको थियो । खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष सौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम पनि गरिएको थियो ।