
सुदूरपश्चिम घर भएका एपिएफ क्लबका गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ गोपीले पहिलो स्थान हात पारेका हुन् ।

गोपीले पहिलो संस्करणको उपाधि जितेका थिए । १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता गोपीचन्द्रले निर्धारित दूरी ३१ मिनेट ४४ः४९ सेकेन्डमा पूरा गरेका थिए ।
गोपीले अघिल्लो संस्करणमा आफैँले बनाएको ३२ मिनेट ०१ः२ सेकेन्डको कीर्तिमान तोडेका हुन् । नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरेका छन् । उपाधि रक्षा गरेका गोपीचन्द्रले ६० हजार पुरस्कार पनि पाएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04