मेयर उपमेयर कप : छात्रातर्फ एरिष्टो फइनलमा, छात्रतर्फ हिलवर्ड र शारदा सेमिफाइनलमा
2021/03/23, 11:14
 
11

धनगढीमा जारी मेयर उपमेयर छात्र÷छात्रा क्रिकेट प्रतियोगिताअन्तरगत छात्रा तर्फ एरिष्टो इङलिस स्कुल फाइलन प्रवेस गरेको छ । यसैगरी छात्रतर्फ हिल वर्ड स्कुल र शारदा विद्या निकेत सेमिफइनल प्रवेस गरेका छन् । सोमबार सम्पन्न छात्रा तर्फको सेमिफाइनल खेलमा शैलेश्वरी बोर्डिङ स्कुललाई ४० रनले पराजित गर्दै एरिष्टो इङलिस स्कुलले फाइलनमा पुगेको हो

सोमबार नै छात्र तर्फ दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा शारदा माविलाई ३ विकेटले पराजित गर्दै हिल वर्ड स्कुल सेमिफाइलन प्रवेस गरेको छ । मंगलबार नै सम्पन्न छात्र तर्फको दोश्रो खेलमा ब्रोड भिजन स्कुललाई ४५ रनले पराजित गर्दै शारदा विद्या निकेतन सेमिफाइलन प्रवेस गरेको छ ।