धनगढी वडा नम्बर १ को महिला पुरुष फुटबल टोलीलाई सहयोग 
2021/03/23, 11:24
 
football

धनगढी उपमहनगरपालिकाको आयोजनामा हुन लागेको धनगढी मेयर तथा उप–मेयर महिला तथा पुरुष फुटबल प्रतियोगिताका लागि वडा नम्बर १ को टीम छनोट सम्पन्न भएको छ ।  प्रतियोगिताका लागि वडा नम्बर १ को महिला तथा पुरुष फुटबल टोलीको छनौट सम्पन्न भएको हो । 

छनौट भएका महिला तथा पुरुष खेलाडीलाई धनगढी उपमहनगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले विभिन्न खेल सामाग्रीहरु हस्तान्तरण गरेका छन् । ३६ थान फुटबल बुट, २ थान गोलकिपर पञ्जा र २ थान फुटबल एक कार्यक्रम विच हस्तान्तरण गरिएको हो । 

2

खेल सामाग्री हस्तान्तरण कार्यक्रममा सुदुरपश्चिम प्रदेश फुटबल संघका सदस्य हेम कृष्ण रंजितकार, नैनादेवी युवा क्लबका अध्यक्ष जितेन्द्र बोगटी र फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेमबहादुर रावतको उपस्थिती रहेको थियो । कार्यक्रमको संयोजन फारवेष्ट पशुपति युवा क्लबका सचिव ललित मिश्र र प्रशिक्षक भिष्म भाटले गरेका थिए । 

वडा नम्बर १ का वडाध्यक्ष मुडभरीले आगामी वर्षमा वडाको खेलकुदको लागि राम्रो बजेट छुट्टाउने प्रतिबद्धता जनाएका छन् । वडा नम्बर १ को महिला फुटबल टोलीले उद्घाटन खेलमा वडा नम्बर १० सँग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टोलीले ११ गते वडा नम्बर ५ सँग प्रतिस्पर्धा गर्नेछ ।