
एन्फा प्रेसिडेन्ट लिग फुटबलमा स्टार सिटी युथ क्लब कैलाली र धादिङ समाज धादिङले १–१ गोलको बराबरी खेलेको छ ।

खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसअघि धादिङको तर्फबाट उमेश राईले ५३औं मिनेटमा गोल गरेका थिए ।
खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । स्टार सिटी लिग अंक तालिकाको शीर्ष स्थानमा छ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40