धनगढीमा मेयर, उपमेयर कप फुटवल प्रतियोगिता सुरु
2021/03/23, 5:11
 
aa

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा मंगलबारदेखि मनकामना यूवा क्लवको खेलमैदान जुगेडामा मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका नगर उप–प्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरेकी हुन । उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले खेलकुलको प्रवद्र्धनका लागि मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिता राखिएको बताईन । नगर खेलकुद समितिका संयोजक दिपक कुमार थापा क्षेत्रीले आउदो बर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिईने बताए ।

धनगढी खेलकुलको हवको रुपमा विकास भैरहेको बताउदै संयोजक थापाले भने, ‘यस्ता प्रतियोगिताले नै खेलाडीहरु जन्माउने गर्छ ।’ धनगढी उप–महानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रशाद जोशीले वडा स्तरीय मेयर, उप मेयर कप पुरुष तथा महिला फुटवल प्रतियोगितालाई निरन्तरता दिदै लैजानुपर्ने बताए ।  

प्रतियोगितामा प्रथम महिला ÷ पुरुष टिमलाई १ लाख १० हजार नगद पुरस्कारका साथै मेडल ट्रफि र प्रमाणपत्र, द्धितिय हुने टिमले ५१ हजार नगद मेडल ट्रफि र प्रमाणपत्र पाउने जानकारी दिईएको छ  । त्यसैगरी सर्वोत्कृष्ठ खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ठ गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ठ डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि  ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

फुटवल प्रतियोगिताको ब्यबस्थापन न्यू बुद्ध स्पोर्ट यूवा क्लव, मनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।