मेयर उपमेयर कप फुटवलः पुरुषमा वडा नम्बर ११ र महिलामा वडा नम्बर १२ विजयी
2021/03/23, 7:30
 
football

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा मंगलबारदेखि मनकामना यूवा क्लबको खेल मैदान जुगेडामा मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दुई वटा खेल सम्पन्न भएको छ । 

1

पुरुष तर्फ वडा नम्बर ११ र महिला तर्फ वडा नम्बर १२ विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा महिला तर्फ वडा नम्बर १२ ले वडा नम्बर १ लाई ८–० को फराकिलो अन्तरले हरायो । पुरुष तर्फ वडा नम्बर ११ ले वडा नम्बर ३ लाई ३१ ले पराजित गरेको छ । 
चैत २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बुधबार पुरुष तर्फका दुई र महिला तर्फको एक खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए । 

यसअघि प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका नगर उप–प्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले खेलकुदको प्रवद्र्धनका लागि मेयर, उप मेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिता राखिएको बताईन ।

2

‘पहिले मेयर कप फुटवल प्रतियोगिता आयोजना गरिदै आएको थियो ।’ उप–प्रमुख भट्टले भनिन्, ‘यस पटक मेयर, उप मेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिता सुरु गरेका छौं । महिला र पुरुषको खेलकुदमा क्षेत्रमा सम विकास गर्नका लागि प्रतियोगिताबाट सहयोग पुग्ने आशा राखेका छौं ।’ 

नगर खेलकुद समितिका संयोजक दिपक कुमार थापा क्षेत्रीले आउँदो बर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिईने बताए । धनगढी खेलकुदको हवको रुपमा विकास भैरहेको बताउदै संयोजक थापाले भने– ‘यस्ता प्रतियोगिताले नै खेलाडीहरु जन्माउने गर्छ ।’ धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश प्रसाद जोशीले वडा स्तरीय मेयर, उप मेयर कप पुरुष तथा महिला फुटवल प्रतियोगितालाई निरन्तरता दिदै लैजानुपर्ने बताए ।  

1

प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिईएको छ  । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि  ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, कनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।