कैलालीको अत्तरियामा चैत २१ गतेदेखि सुदूरपश्चिम राजधानी कप हुने
विजेताले ४ लाख र उपविजेताले २ लाख पाउने
2021/03/24, 8:24
 
rajhdna

कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको छ । पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा चैत २१ गतेदेखि २८ गतेसम्म दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक पिएफए स्पोर्टस् क्लबले बुधबार अत्तरियामापत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका बारेमा जानकारी दिएको छ । नकआउट चरणको आधारमा खेलाईने प्रतियोगिताको बिजेता हुने टिमले नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् उपविजेताले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक पिएफए स्पोर्टस्  क्लबका अध्यक्ष योगेश भट्टको जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, राईजिङ प्लियर, बेष्ट डिफेन्सलाई समान १०÷१० हजार रुपैया प्रदान गरिने छ । यसका साथै प्रतियोगीताको म्यान अफ द टुर्नामेन्ट हुने एक जना खेलाडीलाई नगद २ हजार प्रदान गरिने छ ।

गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालिका खेल मैदानमा हुने उक्त प्रतियोगितामा १६ ओटा टिमको सहभागिता रहने अध्यक्ष भट्टले बताए । उक्त राजधानी कप संचालन गर्नका लागि २० देखी २२ लाख रुपैया सम्म खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियामा फुटबलको चहलपहल बढाउने , यहाँका खेलाडीहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने र सुदूरपश्चिमलाई खेलकुदको पर्यटनको माध्यमवाट चिनाउने उध्ेश्यका सहित सो प्रतियोगिता संचालन गर्न लागिएको राजधानी कपका खेल संयोजक शिवराज भट्टराईले जानकारी दिए ।

यस प्रतियोगिता सुदूरपश्चिमकै शानको रुपमा अगाडी बढाउदै स्थानिय स्तरका उदयमान खेलाडीहरुलाई परिचित गरि स्थापित हुने वातावरण मिलाउने लक्ष्य रहेको  संयोजक भट्टराईले बताए ।

पिएफए स्पोर्टस् क्लबका अध्यक्ष योगेश भट्टको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहेका थिए भने अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बिशिष्ट अतिथी रहेका थिए ।

प्रमुख अतिथी वडा अध्यक्ष जोशीले प्रतियोगिताको सफलताको शुभकामना दिदै प्रतियोगिता संचालनका लागि नगरपालिकावाट आफुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्नेे प्रतिबद्धता जनाएका छन् ।