धनगढी मेयर उपमेयर कप फुटवलः वडा नम्बर ४, १२, १४, १६ र १९ विजयी
2021/03/25, 8:19
 
mayer

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर वडा नम्बर ४, १२, १४, १६ र १९ विजयी एका छन् ।

1

 

प्रतियोगितम अन्तर्गत भएका पाँच खेलमा उनीहरु विजयी भएका हुन् । जुगेडा स्थित मनकामना यूवा क्लबको खेल मैदानमा भएको महिला तर्फको पहिलो खेलमा वडा नम्बर १५ र १६ बीच भयो । जसमा वडा नम्बर १६ ले  वडा नम्बर १५ लाई १–० ले हरायो ।

1

दोस्रो खेलमा महिला तर्फ नै वडा नम्बर १९ ले वडा नम्बर ७ लाई ७–० ले पाखा लगायो ।  तेस्रो पुरुष तर्फको खेलमा वडा नम्बर १२ ले वडा नम्बर २ लाई ५–० ले पराजित गरेको छ । चौथो खेलमा महिला तर्फ वडा नम्बर १४ ले वडा नम्बर ४ लाई ५–० ले किनारा लगायो । पाचौ खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई ३–२ ले हरायो । 

प्रतियोगिता अन्तर्गत शुक्रबार पुरुष तर्फको चार वटा र महिला तर्फको एक खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए । 
प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिईएको छ  ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि  ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, कनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।

1