चैत २८ गते धनगढीमा हाफ म्याराथन हुने
2021/03/26, 5:38
 
2

धनगढी : हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथन २०२१ को तयारी तिव्र पारिएको छ । अघिल्लो पटक कोरोना भाईरसका कारण हुन नसकेको प्रतियोगिता यस बर्ष चैत २८ गते हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले जानकारी दिए ।

उनका अनुसार धनगढी जेसिजले कार्यकारणी उपाध्यक्ष मोहन ओझाको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरी तयारी सुरु गरीएको हो । म्याराथनको खुला दौड अन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको संयोजक ओझाले जानाकारी दिए । 

उनका अनुसार कर्पोरेट मिडिया तर्फको दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । कर्पोरेट महिला तर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार राखिएको मुल आयोजक समितिका संयोजक ओझाले बताए । ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको नवजीवन सहकारी मुख्य प्रायोजक रहेको छ । पत्रकार सम्मेलनमा नवजीवन सहकारीका सञ्चालक समिति सदस्य केशव मिश्रले नयाँ बर्षको अवसरमा आयोजित म्याराथनमा नवजीवन सहकारीले पनि साथ दिएको बताए । उनले नवजीवन सहकारीले नयाँ र फरक कार्यमा काम गर्दै आएको बताए ।

यस्तै पन्चकन्या, एभरेष्ट बैंक, लक्ष्मी बचत तथा ऋण सहकारी, सानिमा बैंक, धनगढी उप–महानगरपालिका, जेसिज स्कुल, प्रदेश खेलकुद परिषद, नेपाल रेडक्रस सोसाइटी लगायतले प्रतियोगिता आयोजनामा सहयोग गरेका छन् ।