धनगढी मेयर उपमेयर कप फुटवलः वडा नम्बर १०, १४, १६, १८ र १९ विजयी
2021/03/26, 7:07
 
mayer

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर वडा नम्बर १०, १४, १६, १८ र १९ विजयी भएका छन् । प्रतियोगित अन्तर्गत शुक्रबार भएका छ खेलमा उनीहरु विजयी भएका हुन् । 

जुगेडा स्थित मनकामना यूवा क्लबको खेल मैदानमा भएको पुरुष तर्फको पहिलो खेलमा वडा नम्बर १८ ले वडा नम्बर १३ लाई २–१ ले हरायो । दोस्रो खेलमा वडा नम्बर १६ ले वडा नम्बर १५ लाई ३–१ ले किनारा लगायो । तेस्रो खेलमा वडा नम्बर १९ ले वडा नम्बर १७ लाई २–० ले हरायो । चौथो खेलमा वडा नम्बर १० ले वडा नम्बर ९ लाई समान २–० ले हरायो ।

2

महिला तर्फको पहिलो खेलमा वडा नम्बर १८ ले वडा नम्बर १६ लाई २–० ले हरायो । दोस्रो खेलमा वडा नम्बर १० अनुपस्थित भएपछि वडा नम्बर १४ वाकओभर पाएर विजयी भयो ।  प्रतियोगिता अन्तर्गत शनिबार पुरुष तर्फका चार वटा खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए । उनका अनुसार शनिबारका खेलमा वडा नम्बर १४ विरुद्ध १८, वडा नम्बर १६ विरुद्ध वडा नम्बर १९, वडा नम्बर ५ विरुद्ध वडा नम्बर ७ र वडा नम्बर ४ विरुद्ध वडा नम्बर १२ बीच प्रतिस्पर्धा हुनेछ । 

3

प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक दिपेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

3

फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, कनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।