धनगढी मेयर उपमेयर कप फुटवलः पुरुष तर्फ वडा नम्बर १२ र १६ सेमिफाईनलमा
2021/03/27, 6:37
 
ffotball

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १२ र वडा नम्बर १६ पुरुष तर्फ सेमिफाईनल पुगेका छन् । शनिबार भएका आफ्ना खेलमा जित हात पार्दै दुबै टीम अन्तिम चारमा पुगेका हुन् । शनिबार नै भएका अन्य खेलमा वडा नम्बर १४ र वडा नम्बर ७ विजयी भएका छन् । 

3

जुगेडा स्थित मनकामना यूवा क्लबको खेल मैदानमा भएको पुरुष तर्फको पहिलो खेलमा वडा नम्बर १४ ले वडा नम्बर १८ लाई २–० ले हरायो । दोस्रो खेलमा वडा नम्बर १६ ले वडा नम्बर १९ लाई २–१ ले किनारा लगायो । तेस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ५ अनुपस्थित भएप्छि वाकओभर पाउँदै अगाडी बढ्यो । चौथो खेलमा वडा नम्बर १२ ले वडा नम्बर ४ लाई ५–० ले हरायो ।

प्रतियोगिता अन्तर्गत आईतबार पुरुष तर्फका दुई  वटा खेल र महिला तर्फका दुई वटा सेमिफाईनलका खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए । प्रतियोगिता अन्तर्गत पुरुष तर्फ आईतबार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । वडा नम्बर ७ विरुद्ध वडा नम्बर १० र वडा नम्बर १४ विरुद्ध वडा नम्बर ११ प्रतिस्पर्धा गर्नेछन् ।

2

महिला तर्फको सेमिफाईनल समिकरण भने पुरा भएको छ । आईतबार नै दुबै सेमिफाईनलका खेल फुलबारीको खेल मैदानमा हुनेछ । पहिलो सेमिफाईनलमा वडा नम्बर १९ विरुद्ध वडा नम्बर १८ तथा दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ विरुद्ध वडा नम्बर १४ प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक दिपेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, कनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।