
धनगढी : कोरोना महामारी नियन्त्रणमा अहोरात्र खटिएका धनगढी उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय कोभिड हिरो भएका छ्न । सुशासनका क्षेत्रमा काम गर्दै आएको एकाउन्टबिलिटी ल्यावले यस बर्ष तीन जनालाई कोभिड हिरोज छान्नेक्रममा जनस्वास्थ्य निरीक्षक उपाध्याय पनि छानिएका हुन ।
उनले स्वाब संकलन, क्वारेन्टाइन व्यवस्थापन, कोरोना उपचार केन्द्र व्यवस्थापन र भारतबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लासम्म सुरक्षीत पुगाउन प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।
सुशासनका क्षेत्रमा क्रियाशील एकाउन्टविलिटी ल्यावले सरकारी कर्मचारीमध्ये सुशासन, पारदर्शी र जवाफदेहितामा अव्वल सरकारी कर्मचारीलाई इन्ट्रग्रिटी आइडल घोषणा गर्दै आएको थियो । तर यश बर्ष भने कोभिड महामारीका कारण कोभिड हिरोज घोषणा गरिएको ल्यावले जनाएको छ ।


2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37