सुदूरपश्चिम राजधानी कप सुरुः युथ स्पोर्टस क्लबको विजयी सुरुवात 
2021/04/03, 7:25
 
football

कैलालीको अत्तरियामा जिआईसी सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा शनिबारदेखि चैत २८ गतेसम्म हुने दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा युथ स्पोर्टस क्लब विजयी भएको छ ।  युथ स्पोर्टस क्लबले सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई हराएको हो । निर्धारित समय र टाईब्रेकरमा बराबर भएपछि सडनडेथमा युथ विजयी भएको हो । सडनडेथमा युथले सुदुरपश्चिमलाई ४–३ ले हराएको हो । 

2

प्रतियोगिता अन्तर्गत आईतबार दुई वटा खेल हुनेछन् । पहिलो खेलमा फारवेष्ट पशुपति युवा क्लब र नैनादेवी युवा क्लब तथा सुदुरपश्चिम स्पोर्टस एकेडेमी र अपि सैपाल स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् । 

नकआउट चरणको आधारमा भईरहेको प्रतियोगिताको बिजेताले नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेताले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक पिएफए स्पोर्टस्  क्लबका अध्यक्ष योगेश भट्टले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, राईजिङ प्लियर, बेष्ट डिफेन्सलाई समान १०÷१० हजार रुपैया प्रदान गरिने छ । प्रतियोगिताको म्यान अफ द म्याचलाई नगद २ हजार प्रदान गरिने छ ।

3

गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालिका खेल मैदानमा भईरहेको प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको छ । 
प्रतियोगिताको यसअघि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गरेका थिए ।

क्लबका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा, गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँद लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएपछि राजधानी कार्यान्वयनको लागि दबाब सिर्जना गर्नका लागि सुदुरपश्चिम राजधानी कप दुई बर्षदेखि आयोजना हुदैं आएको छ । दोस्रो संस्करणको सुदुरपश्चिम राजधानी कपलाई जनरल ईन्सुरेन्स कम्पनी नेपालले मुख्य प्रायोजन गरेको छ ।