धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गा बुढालाई
2021/04/10, 9:28
 
अ

धनगढी : अब धनगढी दौडिन्छ भन्ने मुल नाराका साथ धनगढी जेसिजले आयोजना गरेको सातौ संस्करणको धनगढी हाफ म्याराथनको उपाधी जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन । २१ दशमलक एक किलोमीटरको दुरी १ घण्टा ६ मिनेट ८ दशमलव १८ सेकेन्डमा पार गर्दै उनले उपाधी जितेका हुन । बुढाको यो लगातार तेस्रो उपाधी हो । उपाधी संगै बुढाले नगद ५५ हजार ५ सय ५५ रुपैया समेत प्राप्त गरे ।
यस्तै एक घन्टा ९ मिनेट ८ दशमलव ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै बैतडीका नरेन्द्र रावत दोश्रो भए भने सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भए । विष्टले एक घन्टा १२ मिनेट ४ दशमलव २७ सेकेण्डमा सो दूरी पार  गरे । दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले नगद ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ रुपैया समेत प्राप्त गरेका छन।
यसैगरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमीटर महिला तर्फको उपाधी कैलालीकी सीमा चौधरीले प्राप्त गरिन । उपाधीसंगै चौधरीले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरिन ।
यस्तै सीता चौधरी दोश्रो र नेहा खड्का तेश्रो भए । दोश्रो र तेश्रो हुनेले क्रमशः तीन हजार तीन सय ३३ रुपैया र दुई हजार दुई सय २२ रुपैया नगद प्राप्त गरे ।
धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रमका बिजेता खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकि उप-प्रमुख सुशीला मिश्र भट्ट लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन ।