
जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी कार्यकक्षमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्। पत्रकार प्रकाश बमले रिपोर्टिङको सिलसिलामा कार्यालय प्रमुख जोशीलाई मदिराले लट्ठीएको अवस्थामा भेटाएका हुन्। बमले भने, ‘१२ बजेर ३० मिनेटको समयमा एसइई परीक्षा तयारीका बारेमा रिपोर्टिङ्ग गर्न म त्यहाँ जाँदा उहाँ कुरै गर्नसक्ने अवस्थामा हुनु हुन्थेन।’

भिडियोमा ‘आफ्नो खाने बानी परेको’ स्वीकार्दै जोशीले शुक्रबार भने नखाएको बताएका छन्। ‘बिहीबार साँझ भर्जिन खाएको’ भन्दै उनले कुरा टार्न खोजेका छन्। तर कार्यालयमा दिनहुँजसो प्रमुख लगायतका कर्मचारी मदिरा सेवन गरेर आउने गरेको सेवाग्राहीहरुले दुखेसो पोखेका छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11