महाकालीमा भारतले बनाएको तटबन्ध निरीक्षण गर्न दार्चुला पुग्यो नेपाली टोली
2021/04/12, 11:48
 
dd

महाकाली नदीमा भारतले बनाएको तटबन्ध निरीक्षण गर्न नेपाली टोली दार्चुला पुगेको छ । भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको देखिएपछि टोली दार्चुला आएको हो । 

तटबन्धको निरीक्षण गर्न पाँच सदस्यीय नेपाली प्राविधिकको टोली दार्चुला पुगेको हो । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ । यस्तै भारतीय पक्षबाट पनि पाँच सदस्यीय टोली बनाइएको छ ।