राज्यले निजि विद्यालयहरुलाइ समेटेर अघि बढ्नुपर्छ :पदम बहादुर साउद
2019/09/18, 1:29
 
jkku

पदम बहादुर साउद प्याब्सन धनगढी उप- महानगरपालिकाका स्थानीय कार्यपालिका अध्यक्ष हुनुहुन्छ। उहाँ मयुर इङलिस बोर्डिङ हाइस्कुलका संस्थापक/ प्रीन्सिपल पनि हुनुहुन्छ। आगामी २ बर्षको कार्यकालका लागि धनगढीको प्याब्सन अध्यक्ष निर्बाचित साउद सङ्ग शिक्षा सवालका लागि रामचन्द्र शाहीले कुरा गर्नु भएको छ।

प्रस्तुत छ प्याब्सन धनगढी अध्यक्ष साउद सङ्गको कुराकानी

सर्बप्रथम प्याब्सन धनगढी स्थानीय पालिका अध्यक्ष निर्बाचित हुनुभएकोमा यहाँलाई बधाई छ।नयाँ योजना के छन?
धन्यवाद म यो भन्दा अघि प्याब्सन धनगढी कलस्टरको संयोजक भै सकेको थिए र संयोजकको भुमिकामा दुई बर्ष बिताइसकेपछी मलाइ प्याब्सन धनगढीका सम्पुर्ण सदस्य बिद्यालयका साथीहरुको सहयोगले निर्बाचित समितिको अध्यक्षको जिम्मेवारी पाएपछी स्वभावतः मेरो जिम्मेवारी बढेका छन। मेरो कार्यकालमा धनगढीमा प्याब्सनले निश्चित ट्र्याकमा हिड्ने प्रयास गर्ने छ।

निजि विद्यालय हरु सेवा भन्दा नाफा मुखी बढी भए भन्ने आरोप निजि विद्यालय संचालक हरु माथी लाग्ने गर्छ, यो विषयमा तपाइको धारणा के छ?
निजि तथा आबासिय बिद्यालय हरु पुर्णरुपमा नाफामुखी छन भन्ने कुरामा मेरो सहमति छैन, किन भने निजि विद्यालयले धेरै सेवा मुलक कार्य पनि गर्ने गरेको छ।तपाईंले भने जस्तै पुर्ण सेवामुलक पनि हुन नसक्नुको पछाडी राज्यको हेपाहा प्रवृत्ति पनि कारक छ।के हामी निजी विद्यालय संचालक यो देशको नागरिक होइनौ? के हाम्रो आफ्नो अधिकार पनि छैन? राज्यलेपनि निजि विद्यालय संचालकका समस्याहरुमा चासो दिने हो भने हामिहरुले नि राज्यलाइ अझै राम्रो किसिमले सेवा गर्न सक्छौ।

धनगढी प्याब्सन कार्यपलिकाले तपाइको कार्यकालमा के- के सुधारका कार्यहरु गर्छ?
हामिले धनगढी उप- महानगरपालिका सङग समन्वय गरेर हाम्रा कार्यक्रम हरु तय गर्ने छौ।उप- महानगरपालिकाका मेयर ज्यु पनि शिक्षा प्रेमी र सबै क्षेत्रलाई समेटेर अघि बढिराख्नु भएको छ।हामी पनि उहाँ बाट विभिन्न समय समयमा परामर्श गरिरहेका छौ।आशा छ दुई बर्षको समयमा केही राम्रो काम गर्न सक्ने छौ।

हामिले शैक्षिक सुधारका कार्यक्रम, हाम्रो संस्थाहरुमा कार्यरत शिक्षक कर्मचारी हरुको सेवा, सुबिधाको बारेमा सुधार, विद्यालयहरुबिचको समन्धमा सुधार , विभिन्न तालिम ,अन्तर्कृयाको माध्यम बाट शिक्षकहरुको क्षमता अभिबृद्धी गर्ने कार्यक्रमहरु लागू गर्ने छौ।समुदायलाई पनि निजि विद्यालयहरुप्रती अपनत्व हुने खालका सचेतना मुलक कार्यहरु संचालन गरेर विद्यालय – समुदाय सम्बन्ध बिस्तार हुने कार्य गर्ने छौ।

तपाइहरुको राज्य सङ्ग के माग छ?
हाम्रो धेरै माग केही छैन राम्रो सङग हामिलाइ हाम्रो काम गर्न दिनुपर्यो। निजि विद्यालय बाट अध्ययन गरेका बिद्यार्थीहरुलाइ सामुदायिक विद्यालयहरु बाट अध्ययनरत बिद्यार्थी सरह सरकारी सेवा सुबिधा प्रदान गरिनु पर्छ।राज्यले नितिहरु निर्माण गर्दा निजि बिद्यालयहरुलाइ असहज नहुने गरि नितिहरु तय गर्नुपर्छ।

अन्त्यमा केहि भन्नू छ?
म सम्पुर्ण शिक्षा प्रेमि महानुभाबहरुलाइ निजि विद्यालयलाइ भेदभाव र दोस्रो दर्जामा राखेर नहेरी दिनहुन अनुरोध गर्दछु।हामी सबै सङगै मिलेर अघि बढ्ने हो भने हाम्रो क्षेत्रको शैक्षिक अबस्थामा राम्रो परिबर्तन आउन सक्छ।

धन्यवाद