सुुदुरपश्चिमका दुई नाकाबाट ४ हजार बढी भित्रिए
2020/06/04, 8:33
 
korona

कैलालीको त्रिनगर नाकाबाट भारतमा अलपत्र नेपाली भित्रिने क्रम जारी रहेको छ । विहीवार दुई हजार ९ सय ४१ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका हुन । स्वदेश भित्रिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मतबहादुर थापाले बताए ।

उनीहरुलाई स्थानीय तहको क्वारेन्टाईनमा राखिने छ । उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट विहीवार १२ सय भन्दा बढी नेपालीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतका विभिन्न क्षेत्रबाट फर्किएका एक हजार दुई सय २२ जनाको पश्चिमी सीमा नाकाबाट उद्धार गरिएको जनाएको छ ।

यस्तै नेपालबाट दुई सय ४७ जनालाई भारत पठाईएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।