कैलालीमा एफएममाथि भएको आक्रमणको घटनाको सर्वत्र निन्दा र आपत्ति, दोषीलाई कारवाही गर्न माग
 
topfod

कैलालीको लम्कीमा रहेको रेडियो रेड स्टार एफएममा भएको आक्रमणको घटनाको सर्वत्र निन्दा गर्दै आपत्ति जनाईएको छ । पत्रकारहरुका पेशागत संघ संगठनले घटनाको आपत्ति जनाउँदै संग्लन दोषीहरुलाई कारवाहीको माग गरेका छन् । 

1

घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, समिति, जिल्ला शाखा कैलाली र प्रेस युनियन कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्ती जारी गर्दै समाचारका विषयमा असहमिति भए कानुनी बाटो हुँदा हुँदै पनि स्थानीय टेकराज कठायत सहित ९ जनाको समूहले गरेको संघातिक हमला निन्दनिय भएको उल्लेख गरेको छ । महासंघका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत दोषीमाथि कारवाहीको माग गरिएको छ ।

3

यस्तै पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले पनि विज्ञप्ती जारी गर्दै मिडिया हाउसभित्रै प्रवेश गरी कुटपिट भएको घटनाप्रति निन्दा र भत्र्सना गरेका छन् । साथै जिल्ला शाखाले घटनाका बारेमा सत्यतथ्य बुझ्न शाखाका सदस्य नेत्रप्रसाद जैशीको संयोजकत्वमा प्रिन्स विक र रतनलाल चौधरी सदस्य रहने गरि समिति गठन गरिएको जनाएको छ । 

5

यसैगरी प्रेस युनियन कैलालीले विज्ञप्ती जारी गर्दै रेडियोमा तोडफोड गर्नु तथा रेडियोकर्मीमाथि हातपात गर्ने कार्यलाई कानुनी शासनको विपरित भनेको छ । युनियनका अध्यक्ष श्रवण देउवाद्धारा हस्ताक्षरित  विज्ञप्तिमा घटनामा संलग्न दोषी पत्ता लगाएर कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन प्रशासन समक्ष माग गरिएको छ । 

3

आइतबार स्थानीय ९ जनाको समूहले एफएममा प्रवेश गरी तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशी सहित २ जनालाई कुटपिट गरेको थियो । नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा लम्कीकै स्थानीय भुपेन्द्र बिकका अनुसार लम्की चुहा नगरपालिका १ का टेकराज कठायत सहित ९ जनाको समूहले संघातिक हमला गरेको हो । बाहिर आउनुपर्ने भन्दै एक्कासी सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेको थियो । 

प्रबन्ध निर्देशक जैशीको कान र हात खुट्टामा चोट लागेको छ । उनलाई थप उपचारको लागि कोहलपुर लगिएको छ ।