गर्मी मौसम सुरु भएसंगै मौसमी बिरामीको संख्या  बढ्दै
2021/04/20, 3:03
 
death

गर्मी मौसम सुरु भएसंगै मौसमी बिरामीको संख्या पनि बढ्दै गएको छ । सेती प्रादेशिक अस्पतालमा भाइरल ज्वरोका बिरामीको सख्या बढ्दै जान थालेको हुन् । सेती प्रादेशिक अस्पतालको इर्मेजेन्सीमा दैनिक २०० देखी २५० जना र ओपीडीमा लगभग तीन सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

सेतीमामात्रै अहिले गर्मीका दैनिक सय जति बिरामी आउने गरेका छन् । उनीहरुमा रुघाखोकी, भाइरल ज्वरो, श्वास प्रस्वासमा समस्या, आँखामा समस्या, झाडापखाला लगायतका समस्या हुने गरेको छ । 

सेती प्रादेशिक अस्पताका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले अस्पतालमा मौसमी बिरामीको संख्या बढेको बताए  । उनले दैनिक एक सय जना मौसमी बिरामी आउने गरेको बताए । उनले अहिले बालबालिका तथा वृद्धवृद्धामात्रै नभएर सबै उमेर समूहकालाई यस्तो समस्या देखिएको बताए । उनीहरुमध्ये श्वासप्रश्वास तथा रुघाखोकीका कतिपय बिरामीलाई पीसीआर चेकजाँच गर्न लगाउने गरेको बताए । उनले कतिपयलाई कोराना पोजेटीभ पनि देखीने गरेको बताए  । 

व्यक्तिले शारीरिक सरसफाइ लगायत खानपिनमा ध्यान नदिँदा, घरभन्दा बाहिर निस्कदा मास्कको प्रयोग नगर्दा बिरामीको सख्या बढेको चिकित्सकहरु बताउँछन । बालबालिका तथा  वृद्धमा यस्तो समस्या बढि देखिने गरेको छ । 

गर्मी मौसम सुरु भएसंगै विभिन्न रोगहरुको संक्रमण बढ्दै गएको छ । भाइरस ज्वरो, स्वाशप्रश्वास सम्बन्धी, झाडापखाला लगायतका समस्या हुने गरेका छन् । यसबाट बच्न सरसफाइ लगाउत मास्कको प्रयोग गर्न आवश्यक रहेको चिकित्सक बताउँछन् । मानिसले गरिरहेका लापरवाहीले बढी रोगहरु बढ्ने गरेको चिकित्सकको भनाइ छ । 

सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले गर्मी मौसम सुरु भएसंगै विभिन्न रोगका बिरामी बढेको बताए । दैनिक धेरै जसो रुघाखोकी, भाइरल ज्वरो, स्वासप्रस्वासको समस्या, आँखामा समस्या, झाडापखाला लगायतका समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको उनले बताए ।

उनले गर्मी मौसममा बढी भन्दा बढी सरसफाइ, खानेकुरामा ध्यान, माक्सको प्रयो गर्नुपर्ने बताए । उनले अहिलेको समयमा बाहीर पाकेका खानेकुराहरु भन्दा घरमा बनेका ताजा खाने कुरा खानुपर्ने उनको भनाई छ ।